आईएमई ग्रुपको भाइस प्रेसिडेन्टमा जगदीश खड्का नियुक्त


काठमाडौँ । आईएमई ग्रुपले जगदीश खड्कालाई ग्रुप भाइस प्रेसिडेन्टमा नियुक्त गरेको छ ।

उनी यसअघि ईसेवाको प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यरत थिए । उनले विभिन्न डिजिटल वित्तीय सेवा क्षेत्रमा समेत काम गरिसकेका छन् । चार्टर्ड एकाउन्टेन्ट खड्कासँग १५ वर्षभन्दा बढीको कार्य अनुभव छ ।

आईएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकालले खड्काको नियुक्तिले समूहका कम्पनीलाई थप प्रतिस्पर्धी बनाउन र डिजिटल रूपान्तरणलाई सुदृढ गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । नवनियुक्त खड्काले समूहका विभिन्न व्यवसायबीच रणनीतिक सहकार्य, नयाँ सेवा तथा साझेदारी विकास, ग्राहक अनुभव सुधार र डिजिटल अर्थतन्त्रमा समूहको योगदान विस्तार गर्ने जिम्मेवारी पाएका छन् ।

प्रकाशित मिति: ३ मंसिर २०८३, बिहिबार  १७ : ५२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।