चालु आर्थिक वर्षमा ३ कम्पनीले पाए आईपीओ निष्काशनको अनुमति


काठमाडौँ । चालु आर्थिक वर्ष (२०८३–८४)को ४ महिनामा ३ वटा कम्पनीले प्राथमिक सार्वजनिक विष्काशन (आईपीओ) जारी गर्न अनुमति पाएका छन् ।

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले हिम पर्वत हाइड्रोपावर, कान्तिपुर फर्मास्यूटिकल्स ल्याब लिमिटेड, आशुतोष इनर्जी लिमिटेडलाई आईपीओको अनुमती दिएको हो । गत आर्थिक वर्ष (२०८२–८३) मा २४ वटा कम्पनीले आईपीओ अनुमती पाएका थिए ।

हाल धितोपत्र बोर्डको पाइपलाइनमा ११२ कम्पनी पाइपलाइनमा छन् । सेबोनमा आईपीओ निष्कासनका लागि आवेदन दिएका कम्पनीको संख्या ११२ पुगेको छ । ती कम्पनीले कुल ४९ करोड ६४ लाख १५ हजार ५२० कित्ता सेयर निष्कासन गरी ७१ अर्ब २४ करोड १३ लाख ८० हजार रुपैयाँ पुँजी जुटाउने प्रस्ताव गरेका छन् ।

प्रकाशित मिति: ४ मंसिर २०८३, शुक्रबार  १३ : ४८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।