काठमाडौँ । एभरेष्ट कलर लिमिटेडले सेयरधनीहरलाई कुनै पनि लाभांश वितरण नगर्ने भएको छ । कम्पनीले गत आर्थिक वर्षको लागि कुनै पनि लाभांश वितरण नगर्ने भएको हो।
मंसिर ३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो। कम्पनी र यसका शेयरधनीहरुको दीर्घकालीन हितलाई ध्यानमा राखी यो निर्णय लिइएको कम्पनीले जनाएको छ।







