
उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले काठमाडौं उपत्यकामा निषधाज्ञाको समय थप एक साता बढाउने निर्णय गरेका छन् ।
यसैगरी कोभिड–१९ को चेन ब्रेक गर्नका लागि भन्दै जेठ १४ गतेबाट लागु हुनेगरी किराना पसल र डिपार्टमेन्ट स्टोर बन्द गर्ने निर्णय गरिएको छ ।
उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको मंगलबार सम्पनन बैठकले चौथो पटक निषेधको आदेश थप्दै निषेधाज्ञामा कडा प्रावधान लागू गरी कार्यान्वयनमा ल्याउने निर्णय गरेको छ ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) कालीप्रसाद पराजुली, भक्तपुरका प्रजिअ प्रेम प्रसाद भट्टराई र ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौला सहभागी बैठकले सो निर्णय गरेका हुन् ।
मंगलबार भएको निर्णय अनुसार जेठ १४ गते शुक्रबारदेखि तरकारी (साग–सब्जी) फलफूल, दूध, मासु र ग्यासको पसल बिहान ९ बजेसम्म मात्र खोल्न पाइनेछ ।
यस्तै बैठकले निजी र सार्वजनिक निर्माणका कार्य पनि बन्द गर्ने निर्णय गरेको छ भने सरकारी कार्यालय, बैंक, सार्वजनिक संस्थान र इन्टरनेट सेवा प्रदायकका सवारीसाधन बिहान साढे ९ बजेदेखि साढे १० सम्म र साँझ ५ बजेदेखि ६ बजेसम्म मात्र चल्न पाउने निर्णय गरिएको छ ।
निषेधाज्ञाको समयमा कार्यालय समयभित्र पनि उपत्याकामा जाम बढेको भन्दै यस्तो निर्णय लिइएको हो ।
कोभिड १९ संक्रमण दोस्रो लहर तीव्र बढेपछि बढेको भन्दै उपत्यकाका तीन प्रशासन कार्यालयले १६ देखि २२ वैशाखसम्म पहिलो पटक निषेधाज्ञा लगाएको थियो । त्यसपछि दोस्रो पटक २२ देखि २९ वैशाखसम्म थपिएको थियो भने तेस्रो पटक बैशाख २९ देखि १३ जेठसम्मका लागि निषेधको समय बढाइएको थियो ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया