काठमाडौँ । गत वर्षको तुलनामा चालु आर्थिक वर्षको समीक्षा अवधिमा कुल अन्तरबैंक कारोबार २ खर्ब ८४ अर्ब ४५ करोड अर्थात् करिब ९६.३ प्रतिशतले बढेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा वाणिज्य बैंकहरूबीच ५ खर्ब ४५ अर्ब ७५ करोड रुपैयाँ र अन्य वित्तीय संस्थाहरूबीच (वाणिज्य बैंकहरूबीचको कारोबारबाहेक) ३४ अर्ब १३ करोड रुपैयाँ बराबरको अन्तरबैंक कारोबार भएको छ ।
गत आर्थिक वर्षको सोही अवधिमा कुल २ खर्ब ९५ अर्ब ४३ करोड रूपैयाँको अन्तरबैंक कारोबार भएको थियो। त्यतिबेला वाणिज्य बैंकहरूबीच २४२ अर्ब ७९ करोड रूपैयाँ र अन्य वित्तीय संस्थाहरूबीच ५२ अर्ब ६४ करोड रूपैयाँ बराबरको कारोबार भएको थियो ।
यस अवधिमा वाणिज्य बैंकहरूबीचको अन्तरबैंक कारोबारमा उल्लेख्य वृद्धि देखिएको छ भने अन्य वित्तीय संस्थाहरूबीचको कारोबार भने अघिल्लो वर्षको तुलनामा घटेको छ ।







