प्रधानमन्त्रीको ‘होम एन्ड अवे’ प्रणाली लागू गर्ने घोषणाले मोफसलका क्लब सञ्चालक उत्साहित


चितवन । नेपाल प्रिमियर लिगको तेस्रो संस्करणको फाइनल खेल सकिँदै गर्दा प्रधानमन्त्री वालेन्द्र शाहले सार्वजनिक गर्नुभएको ‘होम एन्ड अवे’ प्रणालीमा प्रतियोगिता सञ्चालन गर्ने घोषणाले मोफसलका क्लबका सञ्चालक उत्साहित भएका छन् ।

प्रधानमन्त्री शाहले आठवटै क्लबका आफ्नै ‘फ्लडलाइट’ सहितका क्रिकेट रङ्गशालाको निर्माण नेपाल सरकार पूर्वाधार विकास मन्त्रालयले गर्ने बताएका छन् ।
क्रिकेट क्लबका सञ्चालकले प्रधानमन्त्रीको भनाइलाई स्वागत गर्दै उत्साहित भएका हुन् । प्रधानमन्त्रीले नेपाल ‘प्रिमियर लिग’को छैटौँ संस्करणदेखि होम एन्ड अवे प्रणालीमा प्रतियोगिता सञ्चालन गर्ने भन्दै क्रिकेट रङ्गशाला नै तोकेको छन् ।

कर्णाली एक्सका अध्यक्ष गृहेन्द्र घिमिरेले आफ्नै घरेलु मैदानमा आफ्नै माटो र समर्थकको न्यानो साथमा खेल्ने कर्णालीवासीको वषैँदेखिको सपना अब साकार हुने दिशामा अघि बढेको बताए ।

राज्यको ऐतिहासिक पहलले कर्णालीको खेलकुद, पूर्वाधार विकास, लुकेका स्थानी प्रतिभाको प्रस्फुटन र समग्र कर्णालीको खेल पर्यटन प्रवद्र्धनमा कोसेढुङ्गा साबित हुने विश्वास लिइएको बताए ।

प्रकाशित मिति: ७ मंसिर २०८३, सोमबार  १० : ०३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।