सुनको मूल्य बुधबार एकैदिन एक हजारले बढ्यो, यो वर्ष यताकै उच्च मूल्यमा

0
Shares

सुनको मूल्य बुधबार नेपाली बजार एकैदिन एक हजार रुपैयाँले बढेको छ । यस्तै मंगलबारको तुलनामा बुधबार चाँदीको भाउ पनि प्रतितोला २० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका अनुसार मंगलबारको तुलनामा बुधबार सुन तोलाको १ हजार रुपैयाँले बढेको हो ।

महासंघका अनुसार बुधबारका लागि छापावाला सुनको भाउ प्रतितोला ९४ हजार ५०० रुपैयाँ, तेजावी ९४ हजार रुपैयाँ र चाँदी प्रतितोला १ हजार ३७० रुपैयाँ तोकिएको छ ।

मंगलबार छापावाला सुनको प्रतितोला ९३ हजार ५०० रुपैयाँ, तेजावी ९३ हजार रुपैयाँ र चाँदी तोलाको १ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो ।

आज कायम भएको सुनको मूल्य २०७८ सालपछि अर्थात यो वर्षकै उच्च मूल्य हो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १२ जेष्ठ २०७८, बुधबार  ११ : ५८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।