नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमित भन्दा निको हुनेको संख्या पहिलो पटक धेरै पुगेको छ ।
अहिलेसम्म निको हुने कोरोना संक्रमितको संख्याभन्दा बढीमा संक्रमण पुष्टि हुँदै आएकोमा बुधबार निको हुनेको संख्या धेरै पुगेको हो ।
नेपाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार ६ हजार ७१६ जना संक्रमणबाट मुक्त भएका छन् भने थप ६ हजार ७१४ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा देशभरका प्रयोगशालामा १९ हजार ३० नमुनाको पीसीआर टेष्ट गर्दा ६ हजार ६७७ जना र ३२२ एन्टिजेन टेष्टमा ३७ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका सहायक प्रवक्ता डा. समीर कुमार अधिकारीका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १ हजार ४९३ संक्रमित थपिएका छन् । जसमध्ये काठमाण्डौमा १ हजार १३९ जना, ललितपुरमा २४१ जना र भक्तपुरमा ११३ जना रहेका छन् ।
प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता अधिकारीले हाल देशभर १ लाख १७ हजार ७७ जना सक्रिय संक्रमित रहेको बताए ।
मन्त्रालयको विवरण अनुसार पछिल्लो २४ घण्टामा १४५ जनाले ज्यान गुमाएका छन् । यससँगै हालसम्म ६ हजार ८४५ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया