सेयर बजार परिसुचकमा दोहोरो अंकको सुधार, कारोबार रकम पनि बढ्यो


काठमाडौँ । सेयर बजार परिसुचकमा दोहारो अंकको सुधार आएको छ । मंगलबार नेप्से १५.३९ अंकले बढेर २६३८.९५ विन्दुमा पुगेको हो ।

आज कारोबारमा आएका ३५० कम्पनीमध्ये १६५ कम्पनीको सेयर मूल्य बढ्दा १११ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ भने ३ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । आज १ करोड ४६ लाख ७० हजार १७७ कित्ता सेयरहरू ५२ हजार ३८७ पटक किनबेच हुँदा ५ अर्ब ५५ करोड ३० लाख १९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

सोमबार नेप्से २.२६ अंकले बढेर २६२३.५६ विन्दुमा पुग्दा कारोबार रकम ३ अर्ब ८२ करोड ७६ लाख रुपैयाँ बराबर पुगेको थियो ।

मंगलबार लघुवित्त समूह ७.९५ अंकले र अन्य समूह ७.२६ अंकले घटेकोमा अरु सबै उपसुचकमा सुधार आएको छ ।

एभरेष्ट कलरको सेयर मूल्य ५.०५ प्रतिशतले बढेको बजारमा माउन्टेन हाइड्रोको सेयर मूल्य ३.४२ प्रतिशत, सिटी होटलको सेयर मूल्य ३.०९ प्रतिशतले र जनउत्थान सामुदायीक लघुवित्तको सेयर मूल्य ३.०१ प्रतिशतले बढेको छ ।

समग्र बजार बढ्दा पनि मानुसी लघुवित्तको सेयर मूल्य ८ प्रतिशतले घटेको छ । मेन्छियाम हाइड्रोपावरको सेयर मूल्य ७.२७ प्रतिशतले घट्दा ओम मेगाश्री फर्मास्युटिकल्सको सेयर मूल्य ३.६७ प्रतिशतले र प्रभु महालक्ष्मीको सेयर मूल्य ३.५१ प्रतिशतले घटेको छ ।

कारोबार रकमको आधारमा सोल्टी होटल ३२ करोड १७ लाख ४० हजार रुपैयाँको कारोबार सहित शीर्षस्थानमा रहेको बजारमा कारोबारमा आएका इकाई संख्याको आधारमा १० लाख ९३ हजार ५८९ इकाईको कारोबार सहित ग्लोबल आईएमइ बैंक अग्रस्थानमा रहेको छ । कारोबार संख्याको आधारमा पनि ग्लोबल आईएमइ बैंक १ हजार ९३० पटकको कारोबार सहित शीर्षस्थानमा रहेको छ ।

प्रकाशित मिति: ८ मंसिर २०८३, मंगलबार  १५ : २५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।