अमेरिकी चिप निर्माता कम्पनी एनभिडियाका सहसंस्थापक जेन्सेन हुआङको पुनरागमनले शेयर बजारमा सकारात्मक प्रभाव पारे पनि उनीसँग जोडिएका अनुसन्धान र कम्पनीको भविष्यबारे प्रश्नहरू कायमै छन् ।
चीनको सम्भावित जासुसी गतिविधिको निशानामा हुआङ परेको आशङ्कापछि कम्पनीभित्र स्वतन्त्र सञ्चालकको निगरानीमा अनुसन्धान भइरहेको छ । अमेरिकी न्याय मन्त्रालयले एनभिडियाका चिप निर्यात प्रतिबन्ध छल्दै चीन पुर्याएको आरोपमा सिङ्गापुरस्थित मेगास्पिडमाथि अनुसन्धान गरिरहेको छ । धितोपत्र तथा विनिमय आयोगले पनि कम्पनीको लेखा प्रणाली र शेयरधनीलाई दिइएको विवरणबारे छानबिन गरिरहेको छ ।
हुआङले डिसेम्बर १ मा अमेरिकी प्रतिनिधिसभाका तीन समितिसमक्ष बन्द बैठकमा र डिसेम्बर ३ मा सिनेट समितिसमक्ष सार्वजनिक सुनुवाइमा बयान दिनुपर्नेछ । क्यालिफोर्नियाका महान्यायाधिवक्ताले पनि चिप निर्यात र शेयरधनीलाई दिइएको सूचनाबारे अनुसन्धान अघि बढाएका छन् ।
हुआङको पुनरागमनको विरोध गरेको सञ्चालक समितिको भविष्यसमेत अनिश्चित छ । सन् २०२७ मै शेयरधनीको असन्तुष्टिका कारण समितिमा फेरबदल हुन सक्ने र नयाँ समितिले उनीमाथि कडा निगरानी राख्न सक्ने विश्लेषण गरिएको छ ।
विवादले हुआङको सार्वजनिक छवि र कम्पनीको प्रतिष्ठामा असर पारेको छ । उनीको नेतृत्व शैली र कर्मचारीमाथिको व्यवहारबारे आलोचना भइरहेका बेला सञ्चालक समितिको निर्णयले ठूला प्रविधि कम्पनीका प्रमुख जवाफदेहिताभन्दा माथि रहन सक्ने धारणा बलियो बनाएको विश्लेषकहरूको भनाइ छ ।
हुआङको पुनरागमनले तत्काल एआई कम्पनीका शेयरमा सुधार आउने अपेक्षा गरिए पनि लगानीको दिगोपन, भू–राजनीतिक जोखिम र बजारको स्थायित्वबारे चिन्ता कायमै छ । पछिल्ला दुई वर्षमा एआई कम्पनीका शेयरले अमेरिकी बजारलाई उकास्न महत्त्वपूर्ण भूमिका खेलेका छन् । तर, बलियो मागका बाबजुद यस क्षेत्रमा लगानीकर्ताको शङ्का र वित्तीय चुनौती बाँकी रहेको विश्लेषण गरिएको छ ।








