एनआईसी एशिया बैंकले आफ्नो स्वामित्वमा रहेको महुली लघुवित्त वित्तीय संस्था र नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर लिलाम बिक्रीमा ल्याएको छ ।
बैंकले आफ्नो स्वामित्वमा रहेको महुली लघुवित्त वित्तीय संस्थाको ५६ हजार २७० कित्ता र नेशनल लाईफ इन्स्योरेन्सको ४१ हजार ८९६ कित्ता गरी कुल ९८ हजार १६६ कित्ता संस्थापक शेयर लिलाम बिक्री गर्ने भएको हो ।
उक्त शेयर खरीदका लागि विद्यमान संस्थापक शेयर वो जो कोही व्यक्ति, कम्पनी तथा संघ संस्थाले आवेदन दिन सक्नेछन् । आवेदन फारम एनआईसी एशिया क्यापिटलबाट प्राप्त गर्न तथा बुझाउन सकिन्छ ।
महुली लघुवित्तको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ८०० रुपैयाँ र नेशनल लाईफ इन्स्योरेन्सको शेयरको न्यूनतम मूल्य ५१७ रुपैयाँ तोकिएको छ । इच्छुकले न्यूनतम मूल्य वा सोभन्दा बढी मूल्यमा शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।
महुली लघुवित्तको न्यूनतम ५०० कित्ता र नेशनल लाइफको न्यूनतम १०० कित्ता वा सो भन्दा बढी १० ले भाग जाने गरी सम्पूर्ण शेयर खरीदका लागि बोलपत्र पेश गर्न सकिने जनाइएको छ । बोलपत्र जेठ १३ गते बिहीबारदेखि जेठ ३१ गते सोमबारसम्म पेश गर्न सकिन्छ ।
महुलीको बोलपत्र आवेदन फारम एनआईसी एशिया क्यापिटलको कार्यालयमा मात्र र नेशनल लाइफको क्यापिटलको कार्यालय सहित एनआईसी एशिया बैंकको कर्पोरेट कार्यालय थापाथली तथा बैंकका तोकिएका शाखा कार्यालयहरुबाट प्राप्त गर्न तथा बुझाउन सकिने क्यपिटलले जनाएको छ ।
यी दुई कम्पनीको शेयर न्यूनतम बोलकबोल मूल्यमा बिक्री हुँदा समेत बैंकले ६ करोड १० लाख ४९ हजार २३२ रुपैयाँ प्रिमियल संकलन गर्नेछ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया