नेपाल चेम्वर अफ कमर्सले तोकिएको मापदण्ड पूरा गरी किराना पसल खोल्ने व्यवस्था गर्न सम्वन्धित निकाय समक्ष माग गरेको छ ।
चेम्बरले भौतिक दूरी कायम गरी सुरक्षाका समस्त मापदण्ड कडाइका साथ लागू गर्ने व्यवस्था गरी साबिक बमोजिम किराना पसल खोल्ने व्यवस्थाका लागि सम्वन्धित निकाय समक्ष अनुरोध गरेको हो ।
चेम्बरका महानिर्देशक कैलाश कुमार बजिमयले काठमाण्डौका प्रमूख जिल्ला अधिकारीबाट जारी भएको विज्ञप्ति अनुसार किराना पुल बन्द गर्ने सम्वन्धमा नेपाल चेम्वर अफ कमर्सको ध्यानाकर्षण भएको बताए ।
उनले किराना पसलहरु बन्द गर्ने व्यवस्थाले दैनिक रुपमा खरीद गरी उपभोग गर्ने न्यून आय भएका सर्वसाधारण उपभोक्ताहरुलाइ यस व्यवस्थाले मर्का पर्ने बताए ।
किराना पसलहरुमा खाद्यान्न र किराना सामानको अतिरिक्त दूध, पानी तथा तरकारी पनि बिक्री हुने भएकोले किराना पसल बन्द गरिँदा अति आवश्यक उपभोग्य वस्तुहरु सर्वसाधारणलाइ सुलभ आपूर्ति हुन नसक्ने उनले बताए ।
नेपाल सरकार गृह मन्त्रालय काठमाण्डौका प्रमूख जिल्ला अधिकारीबाट नयाँ भेरियण्टको कोभिड १९ महामारीको संक्रमण तीव्र रुपमा बढि रहेकोले संक्रमणको जालो तोड्न भन्दै जेठ १४ गते शुक्रबारदेखि सम्पूर्ण किराना पसल बन्द गर्ने निर्णय गरेको थियो ।
उक्त संक्रमण रोकथाम तथा नियन्त्रणका लागि हालै जारी भएको विज्ञप्ति सम्वन्धमा नेपाल चेम्वर अफ कमर्सको ध्यानाकर्षण भएको जनाउँदै तोकिएको मापदण्डको भौतिक दूरी कायम गरी सुरक्षाका समस्त मापदण्ड कडाइका साथ लागू गर्ने व्यवस्था गरी साबिक बमोजिम किराना पसल खोल्ने व्यवस्थाका लागि सम्वन्धित निकाय समक्ष नेपाल चेम्वर अफ कमर्सले आग्रह समेत गरेको छ ।
शुक्रबारदेखि तरकारी (साग–सब्जी) फलफूल, दूध, मासु र ग्यासको पसल भने बिहान ९ बजेसम्म मात्र खोल्न पाइनेछ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया