निषेधाज्ञामा खाद्यान्न अभाव भई अत्यावश्यक भएमा साल्ट ट्रेडिङ र खाद्यले सहजीकरण गर्ने

0
Shares

सरकारले कोभिड-१९ को बढ्दो संक्रमण नियन्त्रणलाई थप प्रभावकारी बनाउन जेठ १४ गतेदेखि चौथो पटक एक साताको लागि निषेधाज्ञाको समय बढाएको छ ।

किराना पसल समेत बन्द गर्नेगरी गरिने निषेधाज्ञामा खाद्यान्न्न अभाव भई अत्यावश्यक भएमा साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सहजीकरण गर्ने भएका छन् ।

जिल्ला प्रशासन कार्यालय काठमाण्डौंले निषेधाज्ञाको समयमा कतै न कतै खाद्यान्न वस्तुको अभाव भई खरिद गर्नुपर्ने अवस्था आएमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनले स्थानीय तहको समन्वयमा मोबाइल गाडी मार्फत खाद्यान्न खरिद बिक्रीको व्यवस्था मिलाएको जनाएको छ ।

खाद्यान्न सम्बन्धी जुनसुकै समस्स्या भएमा खाद्य व्यवस्था तथा व्यवापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनको पदाधिकारीको मोबाइल नम्बर उपलब्ध गराएको छ । जिप्रका काठमाण्डौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले दैनिक खाद्य पदार्थ खरीद गर्ने नाममा खाद्य, किराना पसल र डिपार्टमेन्ट स्टोरमा भौतिक दूरी कायम नगरी संक्रमणको जोखिम बढ्दै जाने जनगुनासो पश्चात किराना पसल समेत जेठ १४ देखि २० गतेसम्म एक साताका लागि बन्द गर्ने निर्णय गरिएको बताए ।

यो अवधिमा खाद्यान्न अभाव भई खरीद गनुृपर्ने भएमा खाद्य र साल्ट ट्रेडिङ मार्फत स्थानीय तहको समन्वयमा खाद्यन्न खरिद बिक्रीको व्यवस्था मिलाएको उनले जानकारी दिए ।

कुनै समस्या भएका यस्ता छन् सम्पर्क गर्न सकिने नम्बरहरु:-

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १३ जेष्ठ २०७८, बिहिबार  १६ : ५६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।