भुक्तानी सेवाप्रदायक सेलपेले सुरु गर्यो वालेट सेवा

0
Shares

भुक्तानी सेवा प्रदायक कम्पनी सेलकम प्रालिले वालेट सेवा सुरुवात गरेको छ ।

नेपाल राष्ट्र बैंकबाट कम्पनीले वालेट अनुमति प्राप्त गरेसँगै सेलपेका ग्राहकले बैंक लिंकमार्फत वा वालेट लोड गरी कारोबार गर्न सक्ने सुविधा सुरु भएको हो ।

वालेट सुरु गरेको अवसरमा कम्पनीले आफ्नो नयाँ युआई पनि सार्वजनिक गरेको जनाएको छ । यसबाट सेवा प्रयोग गर्दा ग्राहकलाई अझ बढी सहज बनाउनका लागि विभिन्न प्रयोगहरू गरिएको जनाइएको छ ।

कम्पनीले असार १२ सम्म लागू हुनेगरी ‘मेरो वालेट सेलपे वालेट’ नामक नयाँ सेवा योजना सुरु गरेको छ । यसअन्तर्गत सेलपेका ग्राहकले मोबाइल टपअप र टिभी महसुल भुक्तानीमा ५ प्रतिशत क्यासब्याक, इन्टरनेटको महसुलमा १.५ प्रतिशत क्यासब्याक, नेपाल टेलिकमको डेटा प्याकको १ घन्टा अनलिमिटेड सेवा ११ रुपैयाँमा, एनसेलको डेटा प्याक २१ रुपैयाँमा १ दिनको अनलिमिटेड र वालेट लोड गर्दा लक्की ड्रमार्फत सामसुङ एस २१ अल्ट्रा जित्न सक्ने मौका पनि पाउने कम्पनीको भनाइ छ ।

सेलपे वालेट मार्फत विना झन्झट सरल रूपमा कारोबार गर्न सक्ने तथा सेलपे कार्ट सेवामार्फत सजिलै घरमै बसी–बसी विभिन्न सामानहरू खरिद गर्न सक्ने कम्पनीले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।