प्रतिनिधिसभा विघटन विरुद्धका मुद्दामा संवैधानिक इजलास गठन

0
Shares

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्ध दायर भएका सबै रिट निवेदनको सुनुवाइका लागि संवैधानिक इजलास गठन गरेको छ ।

संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीश दीपककुमार कार्की, डा. आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ तोकिएका छन् ।

प्रधानन्यायाधीश राणाको एकल इजलासले बिहीबार १९ रिट निवेदन संवैधानिक इजलासमा पठाउने आदेश गरेको थियो । उक्त आदेशसँगै सो विवादका ३० वटै रिट निवेदनमाथि आज सुनुवाइ हुनेछ ।

संसद् विघटनविरुद्ध परेका ११ वटा रिटमाथिको शुक्रबार हुने बहसमा सहभागी कानुन व्यवसायीहरुलाई प्रधानन्यायाधीश राणाले चोलेन्द्र शमशेर राणाले १५ मिनेटभित्र आफ्नो बहस सक्न निर्देशन दिएका छन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १४ जेष्ठ २०७८, शुक्रबार  १२ : ३७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।