प्रभु सेलेक्ट फण्डको इकाई बाँडफाँड, १० लाख इकाईसम्म आवेदन गर्नेलाई मागेजति

0
Shares

प्रभु सेलेक्ट फण्डको बाँडाफाँड जेष्ठ १४ गते शुक्रबार सम्पन्न भएको छ ।

प्रभु सेलेक्ट फण्डमा आवेदन दिने ८५ हजार ५ सय ५५ आवेदक मध्ये दोहोरो आवेदन तथा अन्य कारणबाट आवेदन रद्ध भएका बाहेक ८२ हजार १ सय ५२ जना आवेदकहरु सबैलाई प्रभु सेलेक्ट फण्डको इकाई बाँडफाँड गरिएको छ ।

न्यूनतम १०० इकाई देखि १० लाख इकाईसम्म आवेदन गर्ने सबैलाई आवेदन अनुसार कै इकाईहरु बाँडफाँड गरिएको छ भने १० लाख इकाई माथि आवेदन गर्ने आवेदकहरुलाई बराबरी रुपमा इकाईहरु बाँडफाँड गरिएको छ ।

जेष्ठ ५ गते देखि ९ गते सम्म सार्वजनिक निष्काशन गरिएको प्रभु सेलेक्ट फण्डमा १० करोड इकाईको निष्काशन गरिएकोमा निष्काशनको करिब २ गुणा सम्म आवेदन परेको थियो ।

स्वीकृत विवरण पत्रमा भएको व्यवस्था तथा सामूहिक लगानी कोष निर्देशिका २०६९ अनुसार प्रभु सेलेक्ट फण्डको आकार १२ करोड ५० लाख इकाई अर्थात १ अर्ब २५ करोडको भएको छ । सो मध्ये सर्वसाधारण लगानीकर्ताहरुलाई १० करोड ६२ लाख ५० हजार इकाई बाँडफाँड गरिएको छ ।

फण्डले १५ प्रतिशत इकाईमध्ये कोष प्रबद्र्धक प्रभु बैंक लिमिटेडलाई १४ प्रतिशत अर्थात रु. १७ करोड ५० लाख बराबरको १ करोड ७५ लाख इकाई र योजना व्यवस्थापक प्रभु क्यापिटललाई रु. १ करोड २५ लाख वापत १२ लाख ५० हजार इकाई सुरक्षित गरी बाँडफाँड गरिएको हो ।

बाँडफाँडको नतिजा प्रभु क्यापिटलको वेवसाइट तथा सिडिएससिको वेवसाइटबाट केही समय पश्चात हेर्न जनाइएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १४ जेष्ठ २०७८, शुक्रबार  १८ : २७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।