आगामी आर्थिक वर्षको बजेट अध्यादेशलाई राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गरेकी छन् । राष्ट्रपतिबाट प्रमाणीकरण भएको बजेट आज साँझ अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सार्वजनिक गर्दै छन् ।
यस पटक अर्थमन्त्री पौडेलले प्रधानमन्त्री कार्यालयबाट बजेट वक्तव्य सार्वजनिक गर्ने कार्यक्रम रहेको छ । सिमित संख्याका आमन्त्रित व्यक्तिहरुका बिच अर्थमन्त्री पौडेलले शनिबार साँझ ४ बजे बजेट सार्वजनिक गर्दै छन् ।
मन्त्री परिषदका सदस्यहरु, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, नेपाल राष्ट्र बैंकका गभर्नर, अर्थमन्त्रालयका सचिवहरु, बजेट तयरी समुहका व्यक्तिका साथै अन्य मन्त्रालयका सचिवहरुको पनि उपस्थिती रहनेछ ।











प्रतिक्रिया