बीमा कम्पनीद्धारा दश महिनामा १.२३ खर्ब बीमाशुल्क संकलन

0
Shares

सञ्चालनमा रहेका ४० बीमा कम्पनीले चालु आवको दश महिना अवधिमा १ खर्ब २३ अर्ब ५१ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।

बीमा समितिले उपलब्ध गराएको वैशाख मसान्तसम्मको तथ्यांक अनुसार राष्ट्रिय बीमा कम्पनी बाहेक ३८ बीमा कम्पनीले कुल एक खर्ब २३ अर्ब ५१ करोड रूपैयाँ बीमाशुल्क आर्जन गरेका हुन् ।

बीमा समितिका अनुसार चालु आर्थिक वर्षको १० महिनामा जीवन बीमा कम्पनीहरुले प्रिमियम बापत कुल ९८ अर्ब ८९ करोड लाख रुपैयाँ संकलन गरेका छन् । यस्तै निर्जीवन बीमातर्फ कुल २४ अर्ब ६२ करोड रुपैयाँ संकलन भएको छ ।

वैशाख महिनामा मात्रै जीवन बीमा कम्पनीहरुले ५ अर्ब २० करोड र निर्जीवन बीमा कम्पनीहरुले १ अर्ब ७२ करोड रुपैयाँ गरी कुल ६ अर्ब ९२ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् ।

जीवन बीमा अन्तर्गत नेपाल लाइफले सबैभन्दा धेरै २६ अर्ब ८४ करोड बीमाशुल्क आर्जन गरेको छ भने निर्जीवन बीमातर्फ शिखर इन्स्योरेन्सले ३ अर्ब १९ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । नेपाल लाइफले बैशाखमा १ अर्ब ४७ करोड र शिखरले २३ करोड रुपैयाँ बीमाशुलक संकलन गरेको छ ।

जीवन बीमा कम्पनीतर्फ नेपाल लाइफपछि धेरै बीमाशुल्क आर्जन गर्ने कम्पनीमा एलआइसी नेपाल रहेको छ । कम्पनीले यस अवधिसम्मा १४ अर्ब २८ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

S.N Life Insurance Company Total Premium Collecation in Arba
     Baisak Only 2077 Baisak End
1 Nepal Life Insurance  1.47 26.84
2 Life Insurance corporation 0.62 14.28
3 National Life Insurance  0.51 9.26
4 Rastriya Beema Sansthan 0.27 7.18
5 Union Life Insurance  0.25 5.41
6 Asian Life Insurance  0.26 4.90
7 American Life Insurance (Met life) 0.33 4.36
8 Surya Life Insurance  0.14 3.41
9 Prime Life Insurance  0.17 3.27
10 Gurans Life Insurance  0.09 3.13
11 Citizen Life Insurance 0.16 2.71
12 Jyoti Life Insurance  0.15 2.43
13 Reliable Nepal Life Insurance  0.22 2.39
14 Reliance Life Insurance 0.11 2.01
15 I.M.E. Life Insurance  0.08 1.98
16 Sun Nepal Life Insurance  0.13 1.81
17 Sanima Life Insurance  0.15 1.62
18 Prabhu Life Insurance  0.05 1.18
19 Mahalaxmi Life Insurance  0.04 0.72
  Total 5.20 98.89

त्यस्तै, नेपाल लाइफ र एलआइसी पछि बढी बीमा शुल्क उठाउने कम्पनीमा नेशनल लाइफ, राष्ट्रिय बीमा संस्थान, युनियन लाइफ, एशियन र मेट लाइफ परेका छन् । नेशनल लाइफले ९ अर्ब २६ करोड, राष्ट्रिय बीमा सस्थानले ७ अर्ब १८ करोड, युनियन लाइफले ५ अर्ब ४१ करोड, एशियन लाइफले ४ अर्ब ९० करोड, मेट लाईफले ४ अर्ब ३६ करोड, सुर्याले ३ अर्ब ४१ करोड, प्राईमले ३ अर्ब २७ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।

यसैगरी निर्जीवन बीमा कम्पनीतर्फ शिखरपछि सगरमाथा, नेको, सगरमाथा, सिद्धार्थ, प्रभु, नेपाल, प्रिमियर, लुम्बिनी, एनएलजी, आईएम जनरल, प्रुडेन्सियल र अजोड इन्स्योरेन्सले एक अर्ब भन्दा माथि बीमा शुल्क उठाएका छन् ।

यूनाइटेड, ओरियन्टल, हिमालयन, एभरेष्ट, नेशनल, जनरल, सानिमा जनरल इन्स्योरेन्सले अर्ब भन्दा कम बीमाशुल्क संकलन गरेका छन् ।

S.N Non Life Insurance Company Total Premium Collecation in Arba
    Only Baisak 2077 Baisak End
1 Shikhar Insurance  0.23 3.19
2 Neco Insurance 0.14 2.09
3 Sagarmatha Insurance  0.09 2.08
4 Siddhartha Insurance  0.13 1.88
5 NLG Insurance 0.12 1.81
6 Premier Insurance  0.13 1.52
7 IME General Insurance 0.09 1.22
8 Prabhu Insurance  0.05 1.20
9 Prudential Insurance  0.08 1.13
10 Lumbini General 0.09 1.10
11 Ajod Insurance  0.07 1.06
12 Nepal Insurance  0.08 1.04
13 Himalayan General  0.06 0.97
14 Oriental Insurance  0.06 0.87
16 United Insurance Co. (Nepal)  0.09 0.83
15 Everest Insurance  0.06 0.83
17 National Insurance  0.05 0.72
18 General Insurance  0.04 0.56
19 Sanima General Insurance  0.06 0.52
  Total 1.72 24.62

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।