
स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ७६२ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार ५५ पीसीआर र २ हजार ४२५ एन्टिजेन परीक्षणमा ४ हजार ७६२ जनामा संक्रमण पुष्टि भएको हो ।
यो संगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ५ लाख ६१ हजार ३०२ जना पुगेको छ । जसमध्य सक्रिय संक्रमित १ लाख ६ हजार ४७० जना रहेका छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा ११४ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोभिड संक्रमणका कारण नेपालमा हालसम्म ७ हजार ३८६ जनाले मृत्युवरण गरेका छन् ।
पछिल्लो २४ घण्टामा ६ हजार ४९१ जना संक्रमण मुक्त बनेका छन् । हाल सम्म संक्रमण मुक्त हुनेको संख्या ४ लाख ४७ हजार ४४६ रहेको मन्त्रालयले जनाएको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया