सुनको मूल्य साताको तेस्रो दिन पनि उकालो लाग्यो

0
Shares


साताको सुरुदेखि नै निरन्तर उकालो लागेको सुनचाँदीको मूल्य मंगलबार पनि बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा मंगलबार सुन प्रतितोला ३०० रुपैयाँ र चाँदी १० रुपैयाँले बढेको हो ।

महासंघका अनुसार मंगलबारका लागि छापावाला सुनको भाउ प्रतितोला ९४ हजार ५०० रुपैयाँ, तेजावी ९४ हजार रुपैयाँ र चाँदीको भाउ प्रतितोला १ हजार ३७० रुपैयाँ कायम गरिएको छ ।

सोमबार छापावाला सुन प्रतितोला ९४ हजार २०० रुपैयाँ, तेजावी ९३ हजार ७०० रुपैयाँ र चाँदी तोलाको १ हजार ३६० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार आज कायम भएको सुनचाँदीको मूल्यमा जेठ १२ गते बुधबार कायम गरिएको मूल्य बराबरको हो । यो मूल्य यो वर्षको नै उच्च मूल्य हो ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १८ जेष्ठ २०७८, मंगलबार  ११ : ०८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।