एनएमबि बैंकको खाता कनेक्ट आइपीएसमा अनलाईन भेरीफाई गर्न सकिने

0
Shares

एनएमबि बैंकका ग्राहकहरुले अब आफ्नो बैंक खाता कनेक्ट आइपीएसमा लिङ्क गरी अनलाईनबाटै ‘सेल्फ भेरिफाई’ गर्न सक्ने सुविधा बैंकले उपलब्ध गराएको छ ।

यस सुविधा सँगै बैंकका ग्राहकहरुले कनेक्ट आइपीएसमा लिङ्क गरिएको खाता भेरीफाई गर्नका निम्ति बैंकको शाखा पुग्नुपर्ने छैन र अनलाईनबाटै सम्पूर्ण प्रकृया पूरा गरी कारोबार गर्न सक्नेछन् ।

हालको समयमा बैंकका विभिन्न वैकल्पिक च्यानलहरु मार्फत पनि फण्ड ट्रान्स्फर तथा अन्य भुक्तानीका निम्ति कनेक्ट आइपीएसको प्रयोग निकै बढ्दै गइरहेको छ र एनएमबि बैंकको यस अनलाईन सुविधाको थालनीले बैंकका ग्राहकहरुलाई हालको लकडाउनको अवस्थामा थप सहज हुने विश्वास गरिएको छ ।

अनलाईन ‘सेल्फ भेरिफाई’ गरिएका खाताहरुका लागि बैंकले प्रतिदिन १ लाख तथा प्रतिमहिना १० लाख सम्मको कारोबार सीमा प्रदान गरेको छ भने कनेक्ट आइपीएसमा रहेको पूर्ण कारोबार सीमाको लागि भने ग्राहकले बैंकमा फर्म बुझाएर एक पटक भेरीफाई गराउनुपर्ने हुन्छ ।

यसरी अन्लाईनबाट ‘सेल्फ भेरिफाई’ गर्ने सुविधा हाल १६ वाणिज्य बैंकहरु, ६ विकास बैंकहरु र १ फाइनान्स कम्पनीमा उपलब्ध रहेको छ भने अन्य बैंक वित्तिय संस्थाहरुमा पनि आवश्यक पहल भइरहेको छ । कनेक्ट आइपीएसमा हाल ५४ बैंक वित्तिय संस्था सदस्य रहेका छन् ।

कसरी गर्ने बैंक खाता लिंक तथा भेरिफाई ?

विद्युतीय माध्यमबाट सजिलै रकम भुक्तान गर्न कनेक्ट आईपिएसमा यसरी खोल्नुहोस खाता

शेयर कारोबारको रकम कनेक्ट आईपीएसबाट कसरी गर्ने सजिलै भुक्तानी ?

बैंक खाता लिङ्क गरी अन्लाईन ‘सेल्फ भेरिफाई’ कसरी गर्ने ?

१. कनेक्ट आइपीएसमा “लिङ्क अकाउन्ट अप्सन” भित्र आवश्यक विवरण दखिला गरी खाता लिङ्क गर्ने

२. “म्यानेज अकाउन्ट” भित्र लिन्क गरिएको खातामा “‘सेल्फ भेरिफाई एकाउन्ट” मा क्लिक गर्ने

३. रजिष्टर गरिएको मोबाईल नम्बरमा प्राप्त वान टाइम पासवर्ड दखिला गर्ने

४. अनलाईन लिङ्क गर्न खोजिएको खातामा जम्मा भएको दुई वटा रकमहरु (माइक्रो डिपोजिट) दखिला गरी प्रकृया पूरा गर्ने

५. अब लिन्क गरिएको खातामार्फत मोबाईल एप र वेबबाट सजिलै कारोबार गर्न सकिन्छ ।

अनलाईन ‘सेल्फ भेरिफाई’ प्रकृयाको लागि भने ग्राहकले कनेक्ट आइपीएसमा रजिष्टर गरेको मोबाईल नम्बर र बैंकमा रहेको मोबाईल नम्बर भने एउटै हुनुपर्ने हुन्छ ।

‘सेल्फ भेरिफाई’ गरिएका खाताको कारोबार सीमा बैंकबाटै तोकिने हुँदा विभिन्न बैंक वित्तिय संस्थाले उपलब्ध गराएको सीमा फरक हुन सक्दछ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।