आइएमई जनरल इन्स्योरेन्समा अभिकर्ता बन्ने अवसर

0
Shares

आइएमई जनरल इन्स्योरेन्सले अभिकर्ता तालिम सञ्चालन गर्ने भएको छ । 
 
कम्पनीले असार २ गतेदेखि ४ गतेसम्म निर्जीवन बीमा अभिकर्ताको आधारभुत अनलाइन (जुम मार्फत) तालिम सञ्चालन गर्ने भएको हो ।
 
कम्पनीले सञ्चालन गर्न लागेको उक्त तालिममा भाग लिन चाहाने व्यक्तिहरुले असार १ गतेसम्म इमेल मार्फत आवेदन दिन सक्ने कम्पनीले जानकारी दिएको छ।
 
उक्त तालिममा भाग लिनको लागि न्यूनतम शैक्षिक योग्यता एसएलसी हुनु पर्ने कम्पनीले जानकारी दिएको छ ।
 
कम्पनीले सञ्चालन गर्न लागेको उक्त तालिममा सहभागी हुन चाहाने व्यक्तिले निवेदनका साथ नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपी, हालसालै खिचिएको पासपोर्ट साइजको फोटो, इमेल तथा मोबाइल नम्बर तथा स्थायी लेखा नम्बर समेत गर्नु पर्ने कम्पनीले जनाएको छ ।
 
तालिम दस्तुर ५ सय रुपैयाँ लाग्ने कम्पनीले जानकारी दिएको छ । कम्पनीको नाममा रहेको सानिमा बैंकको खाता नम्बरमा रकम जम्मा गरेको भौचर समेत कम्पाीलाई उपलब्ध गराउनु पर्ने छ ।
 

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।