सीजीको उपत्यकामा सस्तो र तीव्र गतिको इन्टरनेट सुरु

0
Shares

डलर अर्बपति बिनोद चौधरीको कम्पनी सीजीले मंगलबार देखि उपत्यकामा इन्टरनेट सेवा सुरु गरेको छ ।

उपत्यकाका आम मानिसको पहुँचमा अहिले बजारमा उपलब्ध इन्टरनेट भन्दा आधा सस्तो र जीवनमा इन्टरनेटको नयाँ अनुभव गराउने ‘सीजी नेट’ जडान गर्न थालेको हो ।

कम्पनीले तत्कालका लागि काठमाण्डौको जावलाखेल, झम्सीखेल, भनिमण्डल र एकान्तकुनामा यो इन्टरनेट सुरु गर्नेछ ।  साथै १ वर्ष भित्र उपत्यकाका सबै क्षेत्रमा ‘सीजी नेट’ विस्तार हुने कम्पनीले जनाएको छ ।

त्यस्तै सीजी कम्युनिकेसन्सका प्रबन्ध निर्देशक निर्वाण चौधरीले नेपाली उपभोक्तालाई उच्च गुणस्तर र सस्तो दरमा इन्टरनेट प्रदान गर्ने प्रतिबद्धता अनुसार सीजी नेटको सेवा प्रारम्भ गरिएको बताएका छन् नेपालको प्रतिस्पर्धी ब्रोडब्यान्ड बजारमा आफ्नो दह्रिलो उपस्थिति जनाउन सीजीले कुनै कसर बाँकी नराख्ने चौधरीको भनाई छ ।

तत्कालका लागि सीजी डिजिटलका शाखा जावलाखेल, कुमारीपाटी, कीर्तिपुर, नयाँबजार, मीनभवन र ट्रेड टावर थापाथलीमा हुनेछ ।
यस इन्टरनेटको गति १२० एमबीपीएस छ भने इन्टरनेटका लागि मासिक ९९९ रुपैयाँ शुल्क तोकिएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १८ जेष्ठ २०७८, मंगलबार  १५ : ०६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।