अरुण भ्याली हाइड्रोपावरको नाफा झण्डै १५० प्रतिशतले बढ्यो

0
Shares

अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आर्थिक वर्ष २०७५/७६ को अन्त्यसम्ममा अघिल्लो वर्षको तुलनामा करिब १५० प्रतिशतले बढेको छ । कम्पनीले गत आर्थिक वर्षमा ५ करोड ३२ लाख ८७ हजार खुद नाफा गरेको छ ।

अघिल्लो वर्ष कम्पनीले २ करोड १३ लाख खुद नाफा कमाएको थियो ।

बिजुली बेचेर कम्पनीले ५ करोड ४७ लाख ७३ हजार तथा अन्य स्रोतबाट ४ करोड २२ लाख ५९ हजार रुपैयाँ कमाएको हो । । विद्युत बिक्रीबाट २७ लाख बढी रकम आर्जन गरेको छ । कम्पनीले प्रशासनिक खर्च ८८ प्रतिशतले घटाएको छ ।

सरकारलाई तिर्नुपर्ने रोयल्टी उच्चदरले बढ्दा समेत कम्पनीको नाफामा उच्च वृद्धि भएको छ । हाइड्रोले गत आर्थिक वषृमा ८१ लाख ११ हजार रुपैयाँ रोयल्टी बुझाएको जनाएको छ । अघिल्लो वर्ष यसै अवधिमा जम्मा १३ लाख ६० हजार रुपैयाँमात्र रोयल्टी तिरेको थियो

हाल ९३ करोड ३० लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीले जगेडा कोषमा ७ करोड ७८ लाख रुपैयाँ राखेको छ । समिक्षा अवधिमा हाइड्रोपावरले जगेडा कोष ५ करोड ३२ लाख रुपैयाँले बढाएको हो ।

कम्पनीको प्रतिशेयर आम्दानी ५ रुपैयाँ ७४ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ १०८ रुपैयाँ ३४ पैसा र मूल्य आम्दानी अनुपात १८.८२ गुणा छ ।