तीन कम्पनीको शेयर कारोबार रोक्का गर्न धितोपत्र बोर्डमा निवेदन

0
Shares

कम्पनीको वित्तीय विवरण प्रकाशीत नगरि लगानीकर्ताहरुलाई अन्योलमा राख्ने ३ हाइड्रो पावर कम्पनीहरुको शेयर कारोबार रोक्का गर्न माग गर्दै धितोपत्र बोर्डमा निवेदन परेको छ ।
 
लगानीकर्ता केशब कोइरालाले खानीखोला हाइड्रो पावर कम्पनी, जोशी हाइड्रो पावर र हिमाल दोलखा पावर कम्पनीको शेयर कारोबार रोक्का गर्न माग गर्दै मंगलबार बोर्डमा निवेदन दिएका हुन् ।
 
यी कम्पनीहरुले आफ्नो वित्तिय विवरण नै प्रकाशित नगरि दोश्रो बजारका लगानीकर्ताहरुलाई अन्योलमा पारेको आरोप निवेदनमा लगाइएको छ । खानीखोलाले ०७६ पुस यता कुनै विवरण प्रकाशन नगरेको, जोशी र हिमाल दोलखाले पनि आम लगानीकर्ताले हेर्न पाउनेगरी कुनै विवरण निष्काशन नगरेको आरोप छ । 
 
साथै, यी कम्पनीका सञ्चालकहरुले नै धमाधम राजीनामा गरि आफ्नो शेयर बेच्न थालेकाले संस्थापकहरुलाई शेयर बेच्नबाट रोक्न पनि अनुरोध गरिएको छ । टाँट पल्टिन लागेको कम्पनीहरुको उच्च मूल्यमा कारोबार हुँदा आम लगानीकर्ता डुब्ने खतरा बढेको कोइरालाको भनाई छ । 
 
 

प्रकाशित मिति: १९ जेष्ठ २०७८, बुधबार  ०७ : १८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।