मे महिनामा विमानस्थलबाट १२ हजार भित्रिए, २३ हजार बाहिरिए

0
Shares

गत मे महिनामा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल कार्यालय हुँदै १२ हजार नेपाल भित्रिएका छन् ।

अध्यागमन विभागले सार्वजनिक गरेको मे महिनाको तथ्याङ्क अनुसार १२ हजार ४०० जना नेपाल भित्रिएका हुन् । जसमा एक हजार ४६८ जना विदेशी नागरिक र १० हजार ९३२ जना नेपाली नागरिक स्वदेश भित्रिएका छन् ।

गत मेमा नेपाल भित्रनेभन्दा बाहिरिनेको तथ्याङ्क दोब्बर छ । सो अवधिमा २३ हजार १३५ बाहिरिएका छन् । बाहिरिनेमध्ये नौ हजार ९७७ विदेशी र १३ हजार १५८ जना नेपाली छन् । अन्य महिनाको तुलनामा मेमा कम सङ्ख्यामा विदेशी नेपाल भित्रिएका छन् ।

कोरोना महामारी र लामो समयको बन्दाबन्दीपछि नेपालमा सबैभन्दा धेरै पर्यटक अप्रिलमा नेपाल भित्रिएका थिए ।

विभागको तथ्याङ्क अनुसार अप्रिलमा १४४ देशबाट २२ हजार ४५० जना विदेशी नेपाल भित्रिएका थिए । यस्तै, गत अप्रिलमा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल हुँदै ५१ हजार ७७५ नेपाली विदेशिएका छन् ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १९ जेष्ठ २०७८, बुधबार  १२ : २० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।