
काठमाडौं उपत्यकामा थप जेठ मसान्तसम्मका लागि निषेधाज्ञा जारी थपिएको छ ।
काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूबीच बुधबार भएको बैठकमा जारी निषेधाज्ञालाई केही खुकुलो बनाएर १० दिन थप्ने निष्कर्ष निकालिएको हो । अब उपत्यकामा जेठ ३१ गतेसम्म निषेधाज्ञा लागू हुनेछ ।
भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रजिअ प्रेमप्रसाद भट्टराईले जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठक बसेपछि तीन जिल्लाका सीडिओबीच भएको छलफलले ३१ गतेसम्म निषेधाज्ञा लम्बिएको हो ।
भट्टराईका अनुसार जेठ २१ गतेदेखि थपिएको निषेधाज्ञा अवधिमा विद्यमान व्यवस्थालाई केही खुकुलो बनाइनेछ । प्रशासनले खाद्यान्न तथा तरकारीका पसल बिहान ९ बजेसम्म खोल्न दिने उनले बताय ।
सुरक्षाका मापदण्ड पालना गरी कार्यस्थलमा नै कामदारहरूलाई राखेर विकास निर्माणको काम पनि सुचारु गरिने उनको भनाई छ ।
त्यस्तै जेठ २१ गते दिउसो १ बजेदेखि जेठ ३१ गते राती १२ बजेसम्म सार्वजनीक तथा निजी सवारी काठमाण्डौ जिल्लाभर रोक लगाउने, विवाह व्रतबन्धमा स्वास्थ्य मापदन्ड पूरा गरी ७ जनामात्र उपस्थित हुन पाउने, किराना पसल, तरकारी पसल, डिपार्टमेन्ट स्टोरहरु बिहान ९ बजेसम्म खुला गर्न पाइने निर्णय गरिएको छ ।
मंगलबार प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञा तत्काल खुल्ला गर्ने अवस्था नआएको निष्कर्ष निकालेका थिए । कोरोना भाइरस संक्रमणको चेन ब्रेक गर्न भन्दै प्रशासनले गत बैशाख १६ गतेदेखि उपत्यकामा निषेधाज्ञा लगाइएको थियो ।
काठमाण्डौं जिल्ला प्रसाशन कार्यालयले जारी गरेको सूचनाको पूर्ण पाठ यहाँ क्लिक गरी पढ्नुहोस्
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया