सुनको मूल्य निरन्तर बढ्दै, कतिमा हुँदैछ कारोबार ?

0
Shares


यो साताको सुरुबाटै उकालो लागेको सुनको मूल्य बुधबार स्थीर बनेको थियो । तर बुधबार स्थीर रहेको सुनको मूुुुल्य बिहीबार फेरि बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा बिहीबार सुन प्रतितोला ४०० रुपैयाँ र चाँदी १५ रुपैयाँले बढेको हो ।

महासंघका अनुसार बिहीबारका लागि छापावाला सुनको भाउ ९४ हजार ९०० रुपेयाँ, तेजावी ९४ हजार ४०० रुपैयाँ र चाँदी तोलाको १ हजार ३७५ रुपैयाँ कायम गरिएको छ । आज कायम भएको मूल्य वर्ष यताकै महँगो मूल्य हो ।

बुधबार छापावाला सुन प्रतितोला ९४ हजार ५०० रुपैयाँ, तेजावी ९४ हजार रुपैयाँ र चाँदी तोलाको १ हजार ३६० रुपैयाँमा कारोबार भएको थियो ।

बुधबारको तोलाको १० रुपैयाँले घटेको चाँदीको भाउ बुधबारको तुलनामा बिहीबार १५ रुपैयाँले बढेको महासंघले जनाएको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २० जेष्ठ २०७८, बिहिबार  ११ : ०२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।