“एनआईबिएल सहभागिता फण्ड” को इकाईधनीले पुनः लाभांश लगानी गर्नसक्ने

0
Shares

“एनआईबिएल सहभागिता फण्ड” नामक खुलामुखी योजनामा इकाईधनीहरुले प्राप्त गरेको लाभांश पुनः सोही फण्डको इकाईमा थप लगानी गर्नसक्ने भएका छन् ।

एनआईबिएल एस क्यापिटल लिमिटेडले योजना अन्तर्गत इकाईधनीहरुले आफुले प्राप्त गर्ने लाभांश (कर तथा निर्धारित कारोबार शूल्ककट्टीपछि) बराबरको रकमबाट यसै योजनाका थप इकाईहरु खरीद गर्नसक्ने व्यवस्था मिलाईएको हो ।

चालु आर्थिक वर्ष वा आगामी आर्थिक वर्षहरुमा समेत वितरण गरिने लाभांशको दर्ता किताब बन्द हुने मितिका दिनसम्म लाभांश पुनः लगानी योजना अन्तर्गत नाम दर्ता गराउनु हुने इकाईधनीहरुको लागि मात्र यो सुविधा प्राप्त गर्न योग्य हुने जनाइएको छ ।

क्यापिटलले हालसम्म पनि योजनामा सहभागि नभएका इकाईधनीहरुलाई यथाशीघ्र सहभागि हुन आग्रह गरेको छ । फण्डको योजना व्यवस्थापक एनआईबिएल एस क्यापिटल लिमिटेडले उक्त योजनाका इकाईधनीहरुलाई लाभांश पुनः लगानी योजनामा सहभागि हुन मिति चैत २४ गते सूचना प्रकाशित गरिएको थियो ।

“एनआईबिएल सहभागिता फण्ड” एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित तेस्रो खुलामुखी सामूहिक लगानी कोष योजना हो ।

लाभांश पुनःलगानी योजनामा दर्ता गर्ने प्रकृया:-

१) एनआईबिएल एस क्यापिटल लिमिटेडका सम्पूर्ण शाखाहरु तथा तोकिएका वितरकहरु मार्फत फाराम भरी योग्य इकाईधनीहरुले आफ्नो नाम दर्ता गराउन सक्नुहुनेछ ।

२) योग्य इकाईधनीहरुले अनलाईन लिंक मा गई लाभांश पुनःलगानी योजना दर्ता फाराम मार्फत आफ्नो सम्पूर्ण विवरण भरी नाम दर्ता गराउन सक्नुहुनेछ ।

३) आफ्नो हितग्राही खातामा रहेको इमेल ठेगाना मार्फत निम्न बमोजिमको विवरण उल्लेख गरी उल्लेखित ठेगानामा इमेल पठाउन सक्नुहुनेछ ।

इमेलमा उल्लेख गर्नुपर्ने विवरण:

इमेल विषयः लाभांश पुन–लगानी योजना

इमेल ठेगानाः [email protected]
इकाई धनीको पूरा नामः
इकाई धनीको हितग्राही खाता नंः
इकाईधनीको सम्पर्क नम्बरः

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २० जेष्ठ २०७८, बिहिबार  १२ : २५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।