हुवासिन सिमेन्ट उद्योगद्धारा वाग्मती सरकारलाई स्वास्थ्य सामग्री सयहोग

0
Shares

हुवासिन सिमेन्ट उद्योगले वाग्मती प्रदेश सरकारलाई विभिन्न स्वास्थ्य सामग्री उपलब्ध गराएको छ ।
 
धादिङको बेनीघाट रोराङ गाउँपालिकामा सिमेन्ट उद्योग स्थापना गरिरहेको चिनियाँ कम्पनी हुवासिनले वाग्मती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयलाई आठ थान अक्सिजन कन्सेप्टर र ५०० थान एन्टिजेन किट उपलब्ध गराएको हो ।
 
सो कम्पनीले विज्ञप्ति प्रकाशन गरी महामारीका समयमा स्वास्थ्य सामग्री उपलब्ध गराइएको जनाएको हो । उद्योगले यसअघि रु ५० लाख बराबरको स्वास्थ्य सामग्री उपलब्ध गराएको थियो ।
 
धादिङ जिल्ला अस्पताल तथा सिद्धलेक, गजुरी र बेनीघाट रोराङ गाँउपालिकालाई पनि तीन दर्जन अक्सिजन सिलिण्डर उपलब्ध गराइएको उद्योगले जनाएको छ ।
 
उद्योगले कोभिड महामारीको प्रकोप चाँडै नियन्त्रणमा आउने विश्वास व्यक्त गर्दै उपचारत कोरोना संक्रमितको स्वास्थ्यलाभ तथा दिवंगतप्रति हादिृक श्रद्धाञ्जलि व्यक्त गरेको छ । उद्योगले थप स्वास्थ्य सामग्री नेपाल सरकारलाई उपलब्ध गराउन प्रयासरत रहेको जनाएको छ । 
 
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।