कमजोर अवस्थाको नारायणी डेभलपमेन्ट बैंकले प्रस्ताव गरेको हकप्रद राष्ट्र बैंकले गर्यो परिमार्जन

0
Shares

नेपाल राष्ट्र बैंकले नारायणी डेभलपमेन्ट बैंकले प्रस्ताव गरेको हकप्रद परिमार्जन गरेको छ। कमजोर वित्तीय अवस्थाको बैंकलाई हकप्रदमा लगाम लगाइएको हो।  
 
नारायणी डेभलपमेन्ट बैंकले राष्ट्र बैंकसमक्ष १ः२ अनुपातमा हकप्रद निष्काशनको माग गरेकोमा राष्ट्र बैंकले यो बैंकलाई १ः१ अनुपातमा हकप्रद निष्काशन गर्न स्वीकृति प्रदान गरेको हो। 
 
बैंको १९ औं वार्षिक साधारण सभाबाट २०० प्रतिशत (एक बराबर दुई अनुपातमा) हकप्रद बिक्री गर्ने प्रस्ताव पारित भएको थियो। 
 
समस्याग्रस्त संस्थाबाट मुक्ता भई तंग्रदै गरेको बैंकले लाभांश वितरण गर्नसक्ने अवस्था नहुँदा विद्यमान शेयरधनीलाई हकप्रदमाथि हकप्रद बिक्री गर्न थालेपछि राष्ट बैंकले कटौति गरेको हो । बैंकले यसअघि पनि एक बराबर एक अनुपातमा हकप्रद शेयर बिक्री गरेको थियो। 
 
श्तप्रतिशत हकप्रद बिक्रीपछि बैंकको चुक्तापूँजी १३ करोड १२ लाख ३३ हजार ८ सय रुपैयाँ पुगेको छ । अब त्यत्तीनै बराबरको हकप्रकद शेयर बिक्री गर्नेछ । 
 
नारायणी डेभलपमेन्ट बैंकको वित्तीय अवस्था नाजुक देखिएको छ । बैंकको चैत सम्मको वित्तीय विवरण अनुसार प्रतिशेयर नेटवर्थ जम्मा ३६ रुपैयाँ छ । बैंकले चैत मसान्तसम्ममा ५२ लाख ५४ हजार रुपैयाँ नोक्सानी ब्यहोरेको छ ।
 
हकप्रदमाथि हकप्रद जारी गर्न लागेको बैंकको शेयरमूल्य भने किनै उच्च रहेको छ । वार्षिक प्रतिशेयर आम्दानी ४ रुपैयाँ ऋणात्मक रहेको बैंकको शेयरमूल्य ७७० रुपैयाँ रहेको छ ।
 
यस आधारमा बैंकको शेयरमा लगानी गर्ने लगानीकर्ता जोखिममा रहेको देखिन्छ । तर कम चुक्ता पूँजी रहेका कारण सीमित समुहले शेयर कर्नरिङ्ग गरेर शेयरमूल्य भने उच्च बिन्दुमा पुर्याइएको छ ।
 
चुक्ता पूँजी १३ करोड १२ लाख रुपैयाँ रहेको बैंकको जगेडा कोषमा १२ करोड ६० लाख छ भने शेयरधनी कोष २१ करोड २७ लाख रुपैयाँले ऋणात्मक छ ।
 
बैंकको प्रतिशेयर नेटवर्थ ३६.१५ रुपैयाँ, कोषको लागत ६.९८ प्रतिशत, आधार ब्याजदर २५.४७, र स्प्रेडदर ६.९४ प्रतिशत छ ।
 
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।