प्राइम बैंकका अध्यक्ष राजेन्द्रदास क्षेष्ठद्धारा पद तथा गोपनीयताको शपथ ग्रहण 

0
Shares

प्राइम कमर्शियल बैंक (PCBL) का अध्यक्ष राजेन्द्रदास श्रेष्ठले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । 
उनले जेठ २३ गते नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबाट अर्को कार्यकालको लागि अध्यक्ष पदको शपथ ग्रहण गरेका हुन् ।
 
अध्यक्ष क्षेष्ठले अर्को कार्यकालको लागि निरन्तरता पाएका हुन् । गत जेठ १४ गते बसेको बैंक संचालक समितिको बैठकले संचालक समितिको सदस्यको पदावधि कायम रहेसम्म श्रेष्ठलाई नै संचालक समितिको अध्यक्षमा निरन्तरता दिने निर्णय गरेको थियो ।
 
उक्त समारोहमा डेपुटी गभर्नर डा. नीलम ढुंगाना तिम्सिना, डेपुटी गभर्नर बम बहादुर मिश्र, निर्देशक एवं बैंकका प्रमुख कार्यकारी अधिकृत नारायण दास मानन्धरको उपस्थिती रहेको थियो।
 
?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।