
नेपाली बजारमा सोमबार सुनचाँदी दुबैको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सोमबार सुन प्रतितोला ३०० रुपैयाँ र चाँदी ५ रुपैयाँले घटेको हो ।
महासंघका अनुसार सोमबारका लागि छापावाला सुनको भाउ प्रतितोला ९३ हजार ८०० रुपैयाँ तेजावी ९३ हजार ३०० रुपैयाँ र चाँदीको भाउ तोलाको १ हजार ३५० रुपैयाँ कायम गरिएको छ ।
आइतबार छापावाला सुन तोलाको ९४ हजार १०० रुपैयाँ तेजावी ९३ हजार ६०० रुपैयाँ र चाँदी तोलाको १ हजार ३५५ रुपैयाँमा कारोबार भएको थियो ।
आइतबार सुन तोलाको ७०० रुपैयाँ र चाँदी १५ रुपैयाँले बढेर कारोबार भएको थियो ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया