निषेधाज्ञाको समयमा अनलाईन माध्यमबाट हुने होम डेलिभरी र सुरक्षाको उपाय अपनाएर गरिने इकमर्श व्यवसायमा रोक नलगाउन सर्वोच्च अदालतले आदेश दिएको छ ।

काठमाडौं जिल्ला प्रशासनको निषेधाज्ञा आदेशले डिजिटल दुनियाँको हामेडेलिभरी र इकमर्स सेवालाई बन्देज लगाएको भन्दै भोज डिलका निकेत अग्रवालले दायर गरेको रिटमा सुनुवाई गर्दै सोमबार सर्वोच्च अदालतले जिल्ला प्रशासन कार्यालय काठमाडौंको नाममा यस्तो सेवामा अबरोध नपु¥याउन सोमबार अन्तरिम आदेश जारी गरेको हो । सर्वोच्चका न्यायधिशद्धय सपना प्रधान मल्ल र कुमार चुडालको इजलाशले यास्तो आदेश दिएको हो ।
सर्वोच्चको आदेशसंगै निषेधाज्ञको समयमा अब सुरक्षाको उपाय अपनाएर अनलाईन माध्यमबाट इकमर्श कम्पनीले व्यवसाय सञ्चालन गर्ने बाटो खुलेको नेपाल इ कमर्स तथा अनलाइन डेलिभरी सेवा संचालकहरुको साझा फोरमका संयोजक सागर देव भट्टले बताए ।
‘बजारमा भिडभाड कम गरी सकेसम्म नागयिरकलाई घरबाहिर जानु नपर्ने स्थिति सृजना गर्न इकमर्शको माध्यमबाट २०७७ सालमा जारी गरिएको मापदण्ड तथा मापदण्डको अनुसूची एकमा तोकिएको आश्यक वस्तुहरुमा उक्त मापदण्ड बमोजिम स्वस्थ्य सुरक्षाको सम्पूर्ण मापदण्डको अबलम्बन गरी अनलाईन माध्यमबाट खरिद बिक्री र होम डेलिभरीको इकमर्श सेवा प्रदान र्गो कम्पनीलाई मुद्धाको किनारा नलागेसम्म सेवा प्रदान गर्ने काम नरोक्न, नगराउन सर्वोच्च अदालत नियमावली २०७४ को नियम ४९ बमोजिम विपक्षीका नाममा अन्तरिम आदेश जारी गरिएको छ,’ सर्वोच्चको आदेशमा भनिएको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया