बजार बढेको मौका छोप्दै समृद्धि फाइनान्सले ल्यायो १४ लाख कित्ता संस्थापक शेयर लिलामीमा

0
Shares

समृद्धि फाइनान्स (SFCL) ले शेयर बजार बढेको मौका पारेर ठूलो परिमाणमा संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।

कम्पनीले यसअघि जारी गरेको हकप्रद शेयरमा अवितरित १३ लाख ८० हजार ७१८ कित्ता हकप्रद संस्थापक शेयर लिलाम बढाबढमा बिक्री खुला गरेको हो ।

कम्पनीले गत मंसिरमा चुक्ता पूँजीको २०० प्रतिशत हकप्रद शेयर बिक्री खुला गरेको थियो ।

कम्पनीले उक्त शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकेको छ । लिलामीको शेयर खरीद गर्न योग्य व्यक्ति, कम्पनी तथा संघ संस्थाले असार ३ गतेदेखि असार १० गते बिहीबारसम्म बैंकिङ समयभित्र बोलपत्र पेश गर्न सक्नेछन् ।

कम्पनीका अनुसार आवेदकले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । बोलकबोल गर्दा न्यूनतम १०० कित्ता वा सो भन्दा बढी अधिकतम सम्पूर्ण कित्ताको लागि आवेदन दिन सक्ने कम्पनीले जनाएको आवेदन दिन सकिने कम्पनीले जाकनारी दिएको छ ।

कम्पनीको शेयर बिक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।