.png)
सुनको मूल्य बुधबार पनि नेपाली बजारमा बढेको छ भने चाँदीको मूल्य भने घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा बुधबार सुन तोलाको १०० रुपैयाँले बढेको र चाँदी तोलामा ५ रुपैयाँले घटेको हो ।
महासंघका अनुसार बुधबारका लागी छापावाला सुनको भाउ प्रतितोला ९४ हजार २०० रुपैयाँ , तेजावी ९३ हजार ७०० रुपैयाँ र चाँदीको भाउ तोलाको १ हजार ३५० रुपैयाँ कायम गरिएको छ ।
मंगलबार छापावाला सुन प्रतितोला ३०० रुपैयाँले बढेर ९४ हजार १०० रुपैयाँमा, तेजावी ९३ हजार ६०० रुपैयाँ र चाँदी १ हजार ३५५ रुपैयाँमा कारोबार भएको थियो ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया