आरएमडिसी र नेशनल माइक्रोफाइनान्सको साढे ४ लाख कित्ता संस्थापक शेयर बिक्रीमा

0
Shares

आरएमडीसी लघुवित्त र नेशनल माइक्रोफाइनान्सले साढे ४ लाख कित्ता संस्थापक शेयर बिक्री गर्ने भएका छन् ।

फरवार्ड माइक्रोफाइनान्स लघुवित्तले आरएमडीसी लघुवित्तको नाममा रहेको ३ लाख ९४ हजार ६३४ दशमलव ४६ कित्ता संस्थापक शेयर र नेशनल माइक्रोफाइनान्सले आफ्नै ५० हजार कित्ता संस्थापक शेयर बिक्री गर्ने भएका हुन् ।

आरएमडीसी लघुवित्तको संस्थापक शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनी लगायत अन्य व्यक्ति, फर्म, कम्पनी तथा संगठीत संस्थाहरुले असार ३ गतेबाट असार १७ गते अपरान्ह ३ बजेसम्म आवेदन दिन सक्नेछन् ।

बोलपत्र आवेदन फारम १०० रुपैयाँ तिरेर सनराइज क्यापिटल कमलपोखरी काठमाण्डौबाट प्राप्त गर्न तथा बुझाउन सकिन्छ । शेयरको न्यूनतम मूल्य प्रतिशेयर ८५० रुपैयाँ तोकिइको हुँदा सो भन्दा बढी मूल्य अंकित गरी न्यूनतम १ हजार कित्ता र अधिकतम कित्ताका लागि आवेदन दिन सकिने क्यापिटलले जनाएको छ ।

त्यस्तै नेशनल माइक्रोफाइनान्सले लघुवित्तको शेयर खरिदका लागि इच्छुक विद्यमान संस्थापक शेयरधनी वा जो कोहीले आवेदन दिन सक्नेछन् ।

बोलकबोल आबेदन फारम १०० रुपैयाँ भुक्तनी गरि बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल नारायणचौर नक्साल, काठमाण्डौंबाट प्राप्त गर्न तथा बुझाउन सकिन्छ ।

शेयरको न्यूनतम मूल्य १ हजार २२ रुपैयाँ तोकिएको हुँदा सो भन्दा बढी मूल्य अंकित गरि न्यूनतम १ हजार कित्ताका लागि आवेदन दिनुपर्ने क्यापिटलले जनाएको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २६ जेष्ठ २०७८, बुधबार  १३ : ०९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।