लुम्बिनी जनरलको बीमा शुल्क आर्जन घट्दा पनि नाफा बढ्यो

0
Shares

लुम्बिनी जनरल इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमासमा २५ करोड ९८ लाख रुपैयाँ नाफा कमाएको छ । नाफा अघिल्लो वर्ष भन्दा ८.८३ प्रतिशतले धेरै हो ।

अघिल्लो आवको सोही अवधिमा कम्पनीले २३ करोड ८७ लाख रुपैयाँ नाफा कमाएको थियो । कम्पनीको नाफा बढेपनि खुद बिमा शुल्क भने १४.८३ प्रतिशतले घटेर ६६ करोड ३७ लाख रुपैयाँमा खुम्चिएको छ । अघिल्लो वर्ष लुम्बिनीले ७७ करोड ९३ लाख रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो ।

चुक्ता पुँजी ८८ करोड रुपैयाँ रहेको यस कम्पनीको जगेडा कोषमा २६ करोड ४९ लाख रुपैयाँ छ ।कम्पनीले बिमा कोषको आकार बढेको छ । कम्पनीको बीमा कोषमा ५६ करोड ५८ लाख छ । रिजर्भमा २६ करोड ४९ लाख राखेको छ । हालसम्म ७५ करोड दाबी भुक्तानी गरेको छ भने अझै ७१ करोड दाबी भुक्तानी गर्न बाँकी छ ।

लुम्बिनीको प्रतिशेयर आम्दानी २९ रुपैयाँ ५२ पैसा र प्रतिशेयर नेटवर्थ २०० रुपैयाँ ८४ पैसा रहेको छ ।