अबदेखि संस्थाले पनि बीमा अभिकर्ता भई काम गर्न पाउने भएका छन् ।
बीमा समितिले बीमा वितरण प्रणालीको महत्वपूर्ण हिस्साको रुपमा रहेको संस्थागत बीमा अभिकर्ता सम्बन्धी व्यवस्था गरी बीमा व्यवस्थालाई प्रवद्र्धन गर्ने उद्देश्यले संस्थागत बीमा अभिकर्ता सम्बन्धी निर्देशिका जारी गरेको छ ।
निर्देशिकाअनुसार संस्थागत अभिकर्ताको लाइसेन्स लिन अभिकर्ताको मुख्य वा प्रमुख व्यवस्थापकमध्ये कम्तीमा एक जनाले समिति वा समितिबाट मान्यता प्राप्त गरेको संस्थाले बीमा अभिकर्ताको लागि सञ्चालन गरेको बीमा अभिकर्ताको तालिममा सहभागी भई प्रमाणपत्र लिनुपर्नेछ ।
अभिकर्ताको सञ्चालक र मुख्य वा प्रमुख व्यवस्थापकले कम्तिमा एसइइ वा सो सरहको परिक्षा उत्तिर्ण गरेको हुनुपर्नेछ । अभिकर्ताको प्रबन्धपत्र नियमावली वा विधानमा कुन किसिमको बीमा अभिकर्ता भई कार्य गर्ने हो, सो उल्लेख गरेको हुनुपर्नेछ ।
संस्थागत अभिकर्ताको लाइसेन्स लिन चाहने संस्थाले अघिल्लो आर्थिक वर्षको कर चुक्ता प्रमाणपत्र, लेखापरिक्षण प्रतिवेदन गरेको हुनुपर्छ । यदि संस्थागत अभिकर्ताको विधानमा अभिकर्ताको काम गर्ने प्रावधान छैन भने उसले लाइसेन्स नपाउने निर्देशिकामा उल्लेख छ ।
विद्युतीय प्रणालीमार्फत कारोबार गर्न सक्ने
संस्थागत बीमा अभिकर्ताले विद्युतीय प्रणालीबाट बीमाशुल्क संकलन गरि बीमा कम्पनीलाई भुक्तानी गर्न पाउने छन् । बिद्युतिय माध्यमबाटै बीमा प्रस्ताव फारम भर्न सहयोग गर्न सक्नेछन् ।
बीमाशुल्क भुक्तानी हुने समयको जानकारी दिने पुनः बीमा गर्नु परेमा सहयोग गर्न सक्ने छन् । संस्थागत अभिकर्ताले विद्युतिय प्रणाली मार्फत बीमकको तर्फबाट बीमितलाई विवरण, जानकारी तथा सूचनाहरु उपलब्ध गराउन सक्ने छन् । त्यस्ता अभिकर्ताले विद्युतिय प्रणाली मार्फत कारोबार गर्नका लागि सम्बन्धित निकायबाट इजाजतपत्र प्राप्त गरेको हुनु पर्नेछ । तर यस्ता प्रणाली प्रयोग गरेर बीमितलाई बीमा गर्न बाध्य पार्न भने पाउने छैनन् ।
अभिकर्ताले बीमितबाट बीमाशुल्क संकलन गरी बीमकलाई भुक्तानी गर्दा बीमितको सहमति विना कुनै पनि अतिरिक्त रकम आफुसँग भने राख्ने नपाउने व्यवस्था निर्देशिकाले व्यवस्था गरेको छ ।
बीमितले संस्थागत अभिकर्तालाई बीमाशुल्क बुझाईसके पछि बीमालेख जारी गर्ने, बीमालेख नविकरण गर्ने वा सर्त बमोजिम बीमाशुल्क बुझेपछि गर्नु पर्ने काम गर्नबाट पन्छिन् नपाउने व्यवस्था छ ।
यस्ता अभिकर्ताले अण्डराइटिङको काम गर्न नपाउने निर्देशिकामा उल्लेख छ । संस्थागत बीमा अभिकर्ताले बीमित प्रति दुव्र्यवहार गर्न, बीमितलाई अनावश्यक करकाप गर्न, बीमितिलाई प्रलोभनमा पार्न आफुले प्राप्त गर्ने कमिशनको कुनै पनि अंश दिन वा दिन्छु भनी कबोल गर्न, आफु अभिकर्ता नभएको कुनै पनि बीमकको बारेमा गलत प्रचार प्रसार गर्न तथा आफ्नो पेशागत व्यवसाय संचालन गर्दा अन्य प्रचलित कानून उल्लघन गरी व्यवसाय गर्न नपाउने जस्ता कुराहरु निर्देशिकाले व्यवस्था गरेको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया