
बिहीबार नेपाली बजारमा सुनको मूल्य घटेपनि चाँदीको मूल्य भने बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा बिहीबार सुन तोलाको ३०० रुपैयाँले घटेको हो भने चाँदीको भाउ ५ रुपैयाँले बढेको हो ।
महासंघका अनुसार बिहीबारका लागि छापावाला सुनको भाउ प्रतितोला ९३ हजार ९०० रुपैयाँ, तेजावी ९३ हजार ४०० रुपैयाँ र चाँदीको भाउ प्रतितोला १ हजार ३५५ रुपैयाँ कायम गरिएको छ ।
बुधबार छापावाला सुन तोलाको ९४ हजार २०० रुपैयाँ, तेजावी ९३ हजार ७०० रुपैयाँ र चाँदी तोलाको १ हजार ३५५ रुपैयाँमा कारोबार भएको थियो ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया