महालक्ष्मी लाइफले बीमाशुल्क भुक्तानीको बिलम्व शुल्कमा छुट दिने

0
Shares

महालक्ष्मी लाइफले बीमाशुल्क भुक्तानीको बिलम्व शुल्कमा छुट दिने भएको छ । विश्वव्यापी रूपमा फैलिरहेको कोभिड-१९ को संक्रमण तथा नेपालको अधिकांश जिल्लाहरुमा जारी निषेधाज्ञाको कारण बीमितहरुले बीमाशुल्क किस्ता समयमा तिर्न नसकेको समयलाई मध्यनजर गर्दै कम्पनीले यस्तो छुटको व्यवस्था गरेको हो ।

कम्पनीले जेठ २७ गतेबाट लागू हुने गरी बीमाशुल्क तिर्दा लाग्ने बिलम्व शुल्ककमा छुट दिने व्यवस्था गरेको जनाएको छ । २०७८ आषाढ मसान्तभित्र बीमाशुल्क किस्ता तिर्ने बीमितलाई कम्पनीले ३ महिनासम्म व्यतित बीमालेखको हकमा शतप्रतिशत छुट दिने निर्णय गरेको छ ।

३ देखि ६ महिनासम्म व्यतित अवधिको बीमालेखमा ७५ प्रतिशत र ६ महिना भन्दा माथिको व्यतित बीमालेखमा ५० प्रतिशत छुटको व्यवस्था गरेको कम्पनीले जनाएको छ ।

बीमालेख व्यतित अवधि बिलम्व शुल्कमा हुने छुट
३ महिना सम्म १००%
३ महिना माथि ( ६ महिना सम्म ७५%
६ महिना भन्दा माथि ५०%

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २७ जेष्ठ २०७८, बिहिबार  १२ : ५२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।