नेपाल र ललितपुर फाइनान्सले मर्जर तथा प्राप्ती प्रस्ताव अनुमोदन गर्दै

0
Shares

नेपाल फाइनान्स कम्पनी लिमिटेड र ललितपुर फाइनान्स कम्पनी लिमिटेडको शुक्रबार आह्वान गरिएको छुट्टाछुट्टै विशेष सभाले एक आपसमा मर्जर तथा प्राप्तीको प्रस्ताव अनुमोदन गराउने भएका छन् ।

जेठ २८ गते, शुक्रबार बिहान ११ बजे दुवै कम्पनीले आ आफ्नो कम्पनीको केन्द्रीय कार्यालयबाट भर्चुअल माध्यमबाट विशेष साधारण सभा बोलाएका छन् । उक्त सभाले सम्पति तथा दायित्व मूल्याङ्कन प्रतिवेदनका आधारमा निर्धारण गरिएको १ः१ शेयर आदान प्रदान रेसियो (स्वाप) लाई अनुमोदन गर्नेछ ।

यसैगरी दुबै संस्थाले एक आपसमा गाभ्ने/गाभिने प्रयोजनका लागि भए गरेका समझदारीपत्र, निर्णय तथा अन्तिम सम्झौताहरु अनुमोदन गर्दैछन् ।

यसअघि प्राइम कमर्सियल बैंकमा विलय हुने सम्झौता गरेको ललितपुर फाइनान्सको सम्झौता निष्कर्षमा पुग्न नसकेपछि निजी क्षेत्रको लगानीमा खुलेको नेपालको पहिलो फाइनान्स कम्पनी नेपाल फाइनान्सले प्राप्ती प्रकृया अगाडि बढाएको थियो । नेपाल फाइनान्सले २०७७ पुस २३ गते ललितपुरलाई प्राप्ती गर्ने समझदारीपत्रमा हस्ताक्षर गरेको थियो ।

ललितपुर फाइनान्सलाई प्राप्तिपछि नेपाल फाइनान्सको नामबाट नै कारोवार हुनेछ । नेपाल फाइनान्सकै संचालक समिति र व्यवस्थापनले संस्था संचालन गर्नेछन् ।

नेपाल फाइनान्सको २ शाखा छन् र थप ६ शाखा तथा २ एक्सटेन्सन काउन्टर खोल्ने प्रकृयमा रहेको छ । ललितपुर फाइनान्सको ३ वटा शाखा संचालनमा छन् । प्राप्ति पछि जम्मा शाखा संख्या १३ पुग्नेछ ।

नेपाल फाइनान्सको चुक्ता पूँजी ३० करोड ५५ लाख ५१ हजार रुपैयाँ र ललितपुर फाइनान्सको २३ करोड ६८ लाख ७४ हजार रुपैयाँ छ । एकीकृत संस्थाको चुक्ता पुँजी ५४ करोड २४ लाख २५ हजार रुपैयाँ पुग्नेछ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २८ जेष्ठ २०७८, शुक्रबार  ०९ : ०२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।