गण्डकी प्रदेश प्रमुख सीता कुमारी पौडेलले मुख्यमन्त्री नियुक्तिका लागि दाबी गर्न प्रदेशसभाका सदस्यलाई आह्वान गरेकी छिन् ।
नेपालको संविधानको धारा १६८ को उपधारा (३) बमोजिम गत वैशाख २९ गते गण्डकी प्रदेशमा मुख्यमन्त्रीमा नियुक्त पृथ्वीसुब्बा गुरुङले संविधानको धारा १६८ को उपधारा (४) बमोजिम प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्न नसकेपछि सो आह्वान गरिएको हो ।
प्रदेश सभाको आजको पत्रबाट सो जानकारी आएपछि प्रदेश प्रमुख पौडेलले संविधानको धारा १६८ को उपधारा (५) बमोजिम मुख्यमन्त्री नियुक्तिका लागि प्रदेश सभा सदस्यलाई आह्वान गरेकी प्रदेश प्रमुख कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले विज्ञप्ति मार्फत जानकारी दिए ।
प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्तिको प्रयोजनका लागि शनिबार अपराह्न ३ बजेसम्म प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न सक्ने अवस्था भएमा नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश सभाका सदस्यलाई दावी गर्न गरेकी छिन् ।
जारी विज्ञप्तिमा अर्को प्रदेश मन्त्रिपरिषद् गठन नभएसम्म मौजुदा मन्त्रिपरिषद्ले कार्य गर्ने गरी संविधानको धारा १६९ को उपधारा (३) बमोजिम प्रदेश प्रमुखले तोकिको जनाइएको छ । साठी प्रदेशसभासद् रहेको गण्डकीमा बिहीबार भएको विश्वासको मत प्रस्तावमा गुरुङले २ र विपक्षमा ३० मत परेका थिए ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया