सात जीवन बीमा कम्पनीको साढे ४ अर्बको आईपीओ आउँदै, कसको कति ?

0
Shares

दश नयाँ जीवन बीमा कम्पनीहरुमध्ये अझै ७ कम्पनी साधारण शेयर (आईपीओ) निष्काशन प्रक्रियामा रहेका छन् । सात जीवन बीमा कम्पनीहरुले ४ अर्ब ३९ करोड ५ लाख रुपैयाँ बराबरको ४ करोड ३९ लाख ५० हजार कित्ता आईपीओ निष्काशन गर्न लागेका हुन् ।

दश नयाँ जीवन बीमा कम्पनीमध्ये तीन कम्पनीले भने सर्वसाधारणमा आईपीओ निष्काशन गरि सकेका छन् । प्रभु, रिलायन्स र ज्योति लाइफले आईपीओ जारी भई अहिले दोस्रो बजारमा कारोबार भईरहेको छ ।

थप नयाँ सात बीमा कम्पनी सिटिजन, आईएमई, सानिमा, रिलायबल, महालक्ष्मी, सन नेपाल र यूनियन लाइफ इन्स्योरेन्सको आइपीओ निष्काशन प्रक्रियामा रहेका छन् ।

कुन कम्पनीको कति ?

आईपीओ निष्काशनको तयारीमा रहेका ७ कम्पनीमध्ये सबैभन्दा धेरै सिटिजन लाइफ इन्स्योरेन्सले ७५ करोड रूपैयाँ बराबरको ७५ लाख कित्ता आईपीओ निष्काशन गर्ने भएको छ । हाल संस्थापकबाट ७० परतिशत अर्थात एक अर्ब ७५ करोड रूपैयाँ चुक्ता पूँजी रहेको इन्स्योरेन्सको आईपीओ निष्काशन पश्चात २ अर्ब ५० करोड रूपैयाँ पुग्नेछ ।

यसैगरी युनियन लाइफले पनि ६४ करोड ५० लाख रुपैयाँ आईपीओ निष्काशन गर्ने तयारीमा छ । कम्पनीको चुक्ता पूँजी एक अर्ब ५० करोड ५० लाख रुपैयाँ रहेको छ । आइपीओ निष्काशनपछि कम्पनीको चुक्ता पूँजी दुई अर्ब १५ करोड रुपैयाँ पुग्नेछ ।

अन्य बाँकी पाँच जीवन बीमा कम्पनीहरु रिलायबल, सन नेपाल, आइएमई, महालक्ष्मी र सानिमा लाइफ इन्स्योरेन्सले समान ६०/६० करोड रुपैयाँको ६०/६० लाख कित्ताका दरले कुल ३ अर्ब रुपैयाँको आईपीओ निष्काशन गर्ने तयारीमा छन् ।

आइपीओ निष्काशन पश्चाप यी पाँच वटै कम्पनीको चुक्ता पूँजी बीमा समितिले तोके बमोजिम अर्थात दुई अर्ब रुपैयाँ पुग्नेछ । यी कम्पनीहरुमा हाल संस्थापकतर्फको १ अर्ब ४० करोड चुक्ता छ ।

S.N. Life Insurance Company  Paid Up Capital IPO Issued Amount Paid Up Capital After IPO
    Amount are shown in corore
1. Citizen Life Insurance Company Limited 175.00 75.00 250.00
2. Union Life Insurance Company Limited 150.50 64.50 215.00
3. I.M.E. Life Insurance Company Limited 140.00 60.00 200.00
4. Mahalaxmi Life Insurance Company Limited 140.00 60.00 200.00
5. Reliable Nepal Life Insurance Limited 140.00 60.00 200.00
6. Sanima Life Insurance Company Limited 140.00 60.00 200.00
7. Sun Nepal Life Insurance Company Limited 140.00 60.00 200.00
Total Amount 1025.50 439.50 1465.00

आईपीओ जारी गर्न ३ कम्पनीको रेटिङ सम्पन्न

आईपीओ निष्काशनको तयारीमा रहेका ७ बीमा कम्पनीमध्ये ३ वटाले क्रेडिट रेटिङ सम्पन्न गरेका छन् । सिटिजन, यूनियन र सन नेपालले रेटिङ गराएका हुन् ।

सिटिजन लाइफ इन्स्योरेन्सको प्राथमिक शेयर (आईपीओ) लाई क्रेडिट रेटिङ्ग कम्पनी इक्रा नेपालले ‘इक्रा एनपी आईआर ट्रिपल बि माइनस रेटिङ’ दिएको छ ।

यूनियन लाइफले इन्स्योरेन्सको आईपिओले इक्रा नेपालबाट इक्रा एनपी आर्ईपीओ ग्रेड ४ प्लस रेटिङ पाएको छ । यसले कम्पनीको समग्र वित्तीय अवस्था औसत भन्दा कमजोर रहेको भन्ने जनाउँछ ।

त्यस्तै, सन नेपाल लाइफले आइपीओ निष्काशनका लागि केयर रेटिङ्ग नेपालले ग्रेड ४ प्रदान गरेको छ । जसले औषत भन्दा कमजोर वित्तीय अवस्था रहेको कम्पनी भन्ने बुझाउँछ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।