.png)
साताको दोस्रो दिन अर्थात सोमबार पनि नेपाली बजारमा सुनचाँदी दुबैको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सोमबार सुन प्रतितोला ७०० रुपैयाँ र चाँदी ५ रुपैयाँले घटेको हो ।
महासंघका अनुसार सोमबारका लागि छापावाला सुनको भाउ तोलाको ९३ हजार २०० रुपैयाँ, तेजावी ९२ हजार ७०० रुपैयाँ र चाादीको भाउ १ हजार ३६५ रुपैयाँ कायम गरिएको छ ।
आइतबार छापावाला सुन प्रतितोला ९३ हजार ९०० रुपैयाँ, तेजावी ९३ हजार ४०० रुपैयाँ र चाँदी तोलाको १ हजार ३७० रुपैयाँमा कारोबार भएको थियो ।
आइतबार प्रतितोला ६०० रुपैयाँले घटेको सुनको मूल्य सोमबार थप घटेको हो ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया