
सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड (CZBIL) को १ करोड ८४ लाख कित्ता शेयर सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सूचीकृत भएको छ ।
बैंकले तिनाउ मिसन डेभलपमेन्ट बैंक लिमिटेडलाई प्राप्ती गरेपछि विकास बैंकतर्फको शेयर स्वाप रेसियो अनुपातमा मिलान गरी सिटिजन्स बैंकको नाममा सूचीकरण भएको हो ।
नेप्सेका अनुसार सिटिजन्स बैंकको नाममा प्रतिशेयर अंकित तथा चुक्ता मूल्य १०० रूपैयाँ अंकित दरको १ करोड ८४ लाख ५० हजार ३८२ दशमलव ३९ कित्ता शेयर धितोपत्र सूचिकरण विनियमावली, २०७५ बमोजिम सूचीकृत भएको हो ।
स्टकका अनुसार तिनाउ मिसन डेभलपमेन्ट बैंकतर्फको शेयर सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको नाममा सूचीकृत भएसँगै मंगलबारदेखि सो विकास बैंकको शेयरधनीले मंगलबारदेखि धितोपत्र दोस्रो बजारमा खरीद बिक्री गर्न पाउनेछन् ।
सिटिजन्स बैंकले तिनाउ मिसन डेभलपमेन्ट बैंकलाई १ः०.९६ को अनुपातमा प्राप्ति गरेको हो । यसअनुसार तिनाउ मिसन डेभलपमेन्ट बैंकको १० कित्ता शेयर हुने लगानीकर्ताले सिटिजन्स बैंकको ९.६० कित्ता शेयर पाउनेछन् ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया