सुनको मूल्यमा सामान्य गिरावट,चाँदी बढ्यो

0
Shares


नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंका अनुसार मंगलबार मूल्य स्थीर रहेको सुन बुधबार तोलाको १०० रुपैयाँले घटेको हो ।

महासंघका अनुसार बुधबारका लागि छापावाला सुनको भाउ तोलाको ९३ हजार १०० रुपैयाँ, तेजावी ९२ हजार ६०० रुपैयाँ र चाँदीको भाउ १ हजार ३६० रुपैयाँ कायम गरिएको छ ।

मंगलबार छापावाला सुन प्रतितोला ९३ हजार २०० रुपैयाँ, तेजावी ९२ हजार ७०० रुपैयाँ र चाँदीको भाउ १ हजार ३५५ रुपैयाँमा कारोबार भएको थियो ।

मंगलबारको तुलनामा बुधबार चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेको हो । मंगलबार चाँदीको भाउ १० रुपैयाँले घटेर कारोबार भएको थियो । 

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: २ असार २०७८, बुधबार  ११ : २८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।