प्रविधिमैत्री बजार, दोस्रो बजारमा आएको उछालले पछिल्लो चरणमा शेयर बजारमा नयाँ नयाँ लगानीकर्ताको सहभागिता उच्चदरमा बढेको पाइएको छ ।
केन्द्रीय निक्षेप प्रणाली (सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड) ले उपलब्ध गराएको तथ्याङ्क अनुसार पछिल्लो चार महिनाको अवधिमा डिम्याट खाताको संख्या ७ लाख ७९ हजार २३५ ले वृद्धि भएको हो ।
विसं २०७७ माघ ३० गतेको तथ्यांक अनुसार नेपालमा २७ लाख ७५ हजार २८९ डिम्याट खाताहरु खुला भएका थिए । त्यसको चार महिना पश्चात २०७८ असार २ गते मध्यान्नसम्ममा डिम्याट खाता खोल्ने लगानीकर्ताको संख्या ३५ लाख ५४ हजार ५२४ जना पुगेको छ ।
विगत ६ महिनादेखि शेयर बजारमा आएको बुलिस प्रवृत्ति र जारी निषेधाज्ञाले शेयर लगानीको अन्य क्षेत्रमा ठूलै असर परेपनि शेयर बजारमा भने त्यसको सकारात्मक प्रभाव परेको भेटिएको हो ।
कोभिड संक्रमणका बीच पछिल्लो करिब ४ महिनामा मात्र ८ लाखको हाराहारीमा डिम्याट खाताहरु खुलेको केन्द्रीय निक्षेप प्रणाली (सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड) ले जनाएको छ । यसले शेयर बजारको दोस्रो बजारसँगै प्राथमिक बजारप्रति पनि सर्वसाधरणको रुची र आकर्षण उच्च रुपमा नै बढेको देखाउँछ ।
साधारण शेयर (आइपीओ) मा आवेदन दिनका लागि अनिवार्य डिम्याट खाता आवश्यक हुनुपर्छ । प्रविधिको विकास सँगै पछिल्लो समय धेरै निक्षेप सदस्यहरुले इनटरनेटको माध्यमबाट घरमा नै बसीबसी अनलाई मार्फत नै डिम्याट खाता खोल्नसक्ने व्यवस्था गरेका छन् । यसरी अनलाईन मार्फत आवश्यक विवरण राखेर खाता खोल्न र डिम्याट नम्बर प्राप्त गर्न सकिने भएपनि प्रमाणिकरणका लागि भने सम्बन्धीत व्यक्ति एक पटक स्वयं उपस्थित हुनुपर्छ ।
नेपाल धितोपत्र बोर्डले ५० वटा ब्रोकर कम्पनीहरु सहित हालसम्म ७८ वटा निक्षेप सदस्यहरुलाई निक्षेप खाता सञ्चालन गर्नका लागि अनुमति दिएको छ ।
प्रविधिको प्रयोग बढ्न थालेपछि कोरोना माहामारीका कारण सरकारले जारी गरेको निषेधाज्ञाका बीचमा पनि अनलाइन प्रयोगकर्तासँगै शेयर बजारको प्राथमिक र दोस्रो बजारमा सक्रिय लगानीकर्ताहरुको संख्या निरन्तर बढ्दो छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया