बिहीबार ११०० रुपैयाँले घट्यो सुनको भाउ, चाँदीमा पनि गिरावट

0
Shares

नेपाली बजारमा बिहीबार सुनको मूल्यमा ठूलै गिरावट आएको छ ।

नेपाला सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा बिहीबार सुन तोलाको १ हजार १०० रुपैयाँले घटेको हो । त्यस्तै बुधबारको तुलनामा बिहीबार चाँदीको भाउ प्रतितोला २० रुपैयाँले घटेको महासंघले जनाएको छ ।

महासंघका अनुसार बिहीबारका लागि छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँ, तेजावी ९१ हजार ५०० रुपैयाँ र चाँदीको भाउ तोलाको १ हजार ३४० रुपैयाँ कायम गरिएको छ ।

बुधबार छापावाला सुन तोलाको १०० रुपैयाँले घटेर ९३ हजार १०० रुपैयाँ, तेजावी ९२ हजार ६०० रुपैयाँ र चाँदी ५ रुपैयाँले घटेर १ हजार ३६० रुपैयाँमा कारोबार भएको थियो ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।