पछिल्लो २४ घण्टामा २ हजार ६०७ जनामा संक्रमणको पुष्टि, ३९ जनाको मृत्यु

0
Shares

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण पुष्टि हुनेको संख्या २ हजार ६०७ जना रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७ हजार ७११ जनामा भएको पीसीआर परीक्षणमा १ हजार ७६८ र ४ हजार ७७३ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८३९ गरी २ हजार ६०७ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट २ हजार १४१ जना संक्रमण मुक्त बनेका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा ३९ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ३ असार २०७८, बिहिबार  १७ : ३६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।